सम्माननीय प्रधानमन्त्री–संयुक्त राष्ट्र संघका उपमहासचिव अतुल खेरबीच भेट

सम्माननीय प्रधानमन्त्री–संयुक्त राष्ट्र संघका उपमहासचिव अतुल खेरबीच भेट

भदौ १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राष्ट्र संघका उपमहासचिव अतुल खेरले प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टचार भेट गर्नुभएको छ । उक्त भेटमा उपमहासचिव अतुल खेरले सम्माननीय प्रधानमन्त्रलाई बधाई ज्ञापन गर्दै कार्याकालको सफलताको शुभकामना दिनु भयो ।
सम्माननीय प्रधानमन्त्रीसँग भेटको क्रममा संयुक्त राष्ट्र संघका उपमहासचिव अतुल खेरले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाली, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारीहरूले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने कार्यमा थप शान्ति सेना पठाइ योगदान दिने नेपालको इच्छाका लागि साहाराना व्यक्त गर्नुभयो । साथै नेपालको बाँकी शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउने नेपालको प्रयासमा संयुक्त राष्ट्र संघले पनि सहयोग गर्ने इच्छा प्रकट गर्नुभयो ।
जवाफमा सम्माननीय प्रधानमन्त्रीले बधाई दिइएकोमा धन्यवाद दिँदै संयुक्त राष्ट्रसंघको वडापत्र प्रति नेपालको प्रतिबद्धता जनाउँदै नेपाली स्वयंले सुरु गरेको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघले पु¥याएको सहयोगी भूमिकाका लागि धन्यवाद दिनुभयो । साथै, नेपाली शान्ति सेनाले विश्वका कठिन ठाउँहरूमा शान्ति स्थापनाका लागि पु¥याएको योगदानलाई मूल्यांकन गर्दै शान्ति सेनाको संख्या र शान्ति स्थापना सम्बन्धी भूमिकामा नेपालको प्रतिनिधित्व बढाउने नेपालको धारणा रहेको बताउनु भयो ।