प्रधानमन्त्री र भारतीय राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री र भारतीय राष्ट्रपतिबीच भेटवार्ता

कार्तिक १७, काठमाडौं । भारतीय महामहिम राष्ट्रपति प्रणव मुखर्जीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिष्टाचार भेट
गर्नुभएको छ ।
मंगलबार साँझ ह्यात होटलमा भएको औपचारिक शिष्टाचार भेटमा दुईपक्षीय हितका विषयमा छलफल भएको थियो ।
भेटका अवसरमा प्रधानमन्त्रीले भारतका महामहिम राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न पाउँदा खुशी व्यक्त गर्दै यस्ता उच्चस्तरीय भ्रमणले दुई देशबीच आपसी सम्बन्ध थप मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
भेटमा प्रधानमन्त्रीले केही समय अघि आफ्नो भारत भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटको स्मरण समेत गर्नुभएको थियो ।
सो अवसरमा भारतीय राष्ट्रपतिले नेपालको संविधान कार्यान्वयनका लागि नेपाल सरकारले चालेका कदमको सर्हाना गर्दै नेपालको प्रगति र विकासका लागि भारतको साथ रहने जनाउनु भयो ।