प्रधानमन्त्री प्रचण्ड र नर्भेजियन राजदूतबीच भेट

प्रधानमन्त्री प्रचण्ड र नर्भेजियन राजदूतबीच भेट

असोज ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि नर्भेजियन राजदूत क्याजेल टोर्मोड पेट्टेर्सेनबीच भेट बार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले नेपालले संविधानको कार्यान्वयन, भूकम्पको पूनर्निर्माण र समृद्धिका लागि द्रुत गतिमा काम गरिरहेको जानकारी गराउँदै नेपालको विकासका लागि नर्भेले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो । प्रधानमन्त्रीले नेपालले सात दशक लामो संघर्षबाट प्रगतिशील संविधान प्राप्त गरेको र शान्ति प्रक्रिया मौलिक रुपमा सम्पन्न हुन लागेको जानकारी गराउँदै नेपालको आर्थिक समृद्धिका लागि नर्भेका निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा राजदूत क्याजेलले नेपालको भौतिक विकास र समृद्धिका लागि नर्भेको सहयोग जारी रहने बताउँदै शान्ति प्रक्रियामा नर्भेको भूमिकाप्रति नेपालले देखाएको सकारात्मक भूमिकाका लागि धन्यवाद दिनुभयो ।