प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच टेलिफोन बार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच टेलिफोन बार्ता

कार्तिक २९, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन बार्ता भएको छ ।

सोमबार साँझ भएको पाँच मिनेट लामो टेलिफोन बार्तामा प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच ठूलो व्यापार सम्बन्ध रहेको, नेपाली कामदार भारतमा गई त्यसबापत प्राप्त रकम भारतीय रुपैयाँमै नेपाल अाउने गरेको, तीर्थब्रत, अौषधि उपचार, बिवाह लगायतका सामाजिक काममा समेत भारतीय रुपैयाको प्रयोग र सञ्चिति हुने गरेकाले भारु ५०० र १००० का नोटहरु नेपालमै सहज रुपमा सटहीको व्यवस्था गर्न भारतीय समकक्षी नरेन्द्र मोदीसँग अाग्रह गर्नुभएको थियो ।

जवाफमा भारतीय प्रधानमन्त्री मोदीले भारु सटहीबारे नेपालमा उत्पन्न समस्या तत्काल समाधान गर्ने जानकारी गराउँदै नेपाल र भारतका अर्थमन्त्रीबीच सिधा सम्पर्क गरेर समस्या समाधान गर्ने बताउनु भयो ।

टेलिफोन बार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले भारु सटही सम्बन्धि नेपालमा देखिएको समस्या समाधानमा भारतीय प्रधानमन्त्रीले देखाउनु भएको तत्परताका लागि धन्यवाद दिनुभयो ।