प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलास्थित चमेलिया जलविद्युत आयोजनाको स्थलगत अनुगमन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलास्थित चमेलिया जलविद्युत आयोजनाको स्थलगत अनुगमन

२३ मंसिर, दार्चुला । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलास्थित चमेलिया जलविद्युत आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ । उहाँले सुरुङभित्रै छिरेर आयोजनाको अनुगमन गर्नुभएको थियो । चिलिमेको सुरुङ साढे चार हजार भन्दा बढी लामो छ । बीचमा सुरुङ भासिएकाले काम रोकिएको छ । तर, त्यसको मर्मत गरी १० महिनाभित्रै विद्युत उत्पादन सुरु गर्ने तयारी अनुसार कामलाई तिव्रता दिइएको छ ।
प्रधानमन्त्री प्रचण्डसहितको टोलीमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसमेत सहभागी हुनुहुन्छ । आयोजना प्रमुख अजय दाहालले हालसम्म भइरहेको कामबारे जानकारी गराउनु भएको थियो ।
सुरुङमार्गको अवलोकन गरेपछि प्रधानमन्त्री प्रचण्डले सकेसम्म छिटो काम सम्पन्न गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । तोकिएको समय अवधिभन्दा अघि नै काम सम्पन्न गरेमा आयोजनाका कर्मचारीहरुलाई पुरस्कृत गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । आयोजनाको कूल स्वीकृत लागत १५ अर्ब ६ करोड रुपैयाँ छ । यो आयोजना २०१७ डिसेम्बर ३० तारिखमा सम्पन्न गर्ने लक्ष्य छ ।
त्यसअघि प्रधानमन्त्रीले शिखर गाविसको बलाँचस्थित आयोजनाको कार्यालय परिसरमा कर्मचारी र स्थानीय जनसमुदायलाई सम्बोधन गर्नुभएको थियो ।