प्रधानमन्त्रीसँग चिनीया मन्त्रीको भेट

प्रधानमन्त्रीसँग चिनीया मन्त्रीको भेट

कार्तिक ५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज विहान चिनियाँ उद्योग वाणिज्य तथा सार्वजनिक प्रशासन मन्त्री चाङ माओले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उहाँको नेपाल भ्रमणका अवसरमा दुई देशबीच बौद्धिक सम्पत्ति संरक्षण सम्वन्धी सहमतिमा हस्ताक्षर भएकोमा खुशी व्यक्त गर्नु भयो । प्रधानमन्त्रीले नेपाल र चीनबीच सदियौंदेखि समस्यारहित सम्वन्ध रहँदै आएको स्मरण गर्दै आगामी दिनमा पनि यो सम्वन्ध थप सुदृढ बनाउन यस्ता भ्रमणको ठूलो भुमिका रहने वताउनु भयो । उहाँले चीनले अघि बढाएको वान वेल्ट वान रोडको सर्हाना गर्दै त्यसमा नेपाnले सहभागी भई लाभ लिने वताउनु भयो ।
मन्त्री चाङमाओले नेपाल र चीन बीचका परियोजना राम्रोसँग अघि बढेको वताउँदै चिनीया कम्पनीहरुका लागि यहाँ काम गर्न राम्रो वातावरण भएकोमा खुशी व्यक्त गर्नु भयो ।