प्रधानमन्त्रीद्धारा सहमतिका लागि आग्रह

प्रधानमन्त्रीद्धारा सहमतिका लागि आग्रह

मंसिर २२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले प्रमुख प्रतिपक्षलाई आन्दोलन छाडेर सहमतिमा आउन आग्रह गर्नुभएको छ । उहाँले संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावले मधेश,पहाड र हिमाललाई जोड्ने काम गर्ने बताउँदै यो प्रस्तावमा कुनै असहमति भए संसदभित्रै छलफल गरेर परिमार्जन गर्न सकिने स्पष्ट पार्नुभएको छ ।
बुधवार विहान दांग देउखुरीको राप्ती नदीमा सिसहनिया गोवरडिहा जोड्ने पुल निर्माणको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुुरा बताउनु भएको हो । उहाँले संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताउँदै यसमा संसदीय प्रक्रियाभित्रै रहेर छलफल तथा परिमार्जन हुनसक्ने प्रष्ट पार्नुभयो ।
उहाँले सरकारले हिमाल, पहाड, तराइ जोडेर राष्टलाई एकताबद्ध गर्न खोजेको तथा उत्पीडितहरुलाई अधिकार सम्पन्न बताउन चाहेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले दांग क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिने बताउनु भयो ।
कार्यक्रममा सिंचाईं मन्त्री दीपक गिरी, सांसदहरु रेखा शर्मा, योगेन्द्र चौधरी, गंगा थारु, डिल्ली चौधरीलगायले पनि सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय थारु समुदायहरुले परम्परागत नृत्य प्रस्तुत गरेका थिए ।