प्रधानमन्त्रीद्धारा दोधारा चादनी सुख्खा बन्दरगाह निर्माणस्थलको स्थलगत अवलोकन

प्रधानमन्त्रीद्धारा दोधारा चादनी सुख्खा बन्दरगाह निर्माणस्थलको स्थलगत अवलोकन

मंसिर २२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले कञ्चनपुरको बिकट दोधारा चादनीको कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माणस्थलको स्थलगत अवलोकन गर्नुभएको छ ।
बुधवार दिउसो प्रधानमन्त्री प्रचण्डलाई माओवादी केन्द्रका सात नम्बर प्रदेश इञ्चार्ज एवम् पूर्वमन्त्री लेखराज भट्ट र प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले बन्दरगाहको योजना र समस्याहरुबारे जानकारी गराउनुभएको थियो ।
स्थलगत अवलोकन लगत्तै दोधारास्थित राष्ट्रिय निमाविको प्रांगणमा आयोजित सभालाई संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्रीले पश्चिम नेपालको विकासमा आफ्नो ध्यान गएको भन्दै महाकालीको पुल निर्माण र सुक्खा बन्दरगाह निर्माण गर्ने प्रक्रियालाई व्यवस्थित र बैज्ञानिक रुपमा अगाडि बढाउने बताउनु भयो ।
कञ्चनपुरबाट पुनः कैलालीको धनगढी फर्कनुभएका प्रधानमन्त्रीले बुधवार कैलालीमा सरकारी कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै जनताको काम छिटो छरितो गर्न निर्देशन दिनुभएको थियो ।