प्रधानमन्त्रीको निर्देशनपछि तामाङको शब काठमाडौंमा

प्रधानमन्त्रीको निर्देशनपछि तामाङको शब काठमाडौंमा

मंसिर ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशनपछि मलेसियामा मृत्यु भएका पूनर्बास नगरपालिका, चगाउँ, कञ्चनपुरका २९ वर्षीय सन्तबहादुर तामाङको शब काठमाडौं ल्याइएको छ ।
वैदेशिक रोजगारीको क्रममा २ वर्ष अघि मलेसिया पुगेका तामाङको मंसीर २ गते अकस्मात् मृत्यु भएको थियो । मृतकका परिवारले मंसीर ६ गते मृतकको शब नेपाल ल्याउने व्यवस्था मिलाई दिन प्रधानमन्त्री कार्यालयमा अनुरोध गरेका थिए । मृतकका आफन्तको अनुरोधपछि नेकपा (माओवादी केन्द्र) कञ्चनपुर जिल्ला पार्टीको समन्वय र प्रधानमन्त्री कार्यालयको विशेष पहलमा तामाङको शब नेपाल ल्याइएको हो । तामाङको शब नेपाल ल्याउने प्रक्रियाका लागि प्रधानमन्त्री कार्यालयले श्रम मन्त्रालय, परारष्ट्र मन्त्रालय र मलेसियाको नेपाली दूताबाससँग समन्वय गरेको थियो ।
तामाङको शब नेपाली समय अनुसार मंसीर ८ गते दिउँसो १ बजे त्रिभूवन बिमानस्थल ल्याइएको थियो । आज नै तामाङको मृत शरिर गृह जिल्ला कञ्चनपुर पठाइएको माओवादी नेतृ बिना मगरले जानकारी दिनुभयो । तामाङको शब कञ्चनपुर लैजाने व्यवस्था प्रधानमन्त्री कार्यालयले मिलाएको थियो ।