प्रधानमन्त्रीद्वारा परराष्ट्र विज्ञ र उद्योगी व्यवसायीसँग छलफल

प्रधानमन्त्रीद्वारा परराष्ट्र विज्ञ र उद्योगी व्यवसायीसँग छलफल

भदौ २२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमण सम्बन्धमा आज दिउसो परराष्ट्र विज्ञ तथा उद्योगी व्यवसायीहरुसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री कार्यालय शिंहदरवारमा भएको छलफलमा सहभागीहरुले भ्रमणले दुई देशबीच थप विश्वासको वातावरण वनाउन, विगतमा भएका सहमति कार्यान्वयन गर्न, अन्तरदेशीय विद्युत लाइन विस्तार गर्न, व्यापार र पारवहन क्षेत्रका समस्या समाधान गर्न एवम् नेपालमा उर्जा, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगानी भित्र्याउन एवम् नेपालको विकास निर्माणमा सहयोग जुटाउन भ्रमण फलदायी हुने अपेक्षा गरेका थिए ।
प्रधानमन्त्रीले महत्वपूर्ण सुझाव दिने सबैमा हार्दिक आभार व्यक्त गर्नुभएको छ ।