प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका शरणार्थी आयुक्त नेपाल प्रतिनिधिबीच भेट

प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका शरणार्थी आयुक्त नेपाल प्रतिनिधिबीच भेट

श्रावण २९, काठमाडौं । प्रधानमन्त्रीसँग संयुक्त राष्ट्र संघका शरणार्थीका लागि उच्च आयुक्त नेपाल प्रतिनिधि केभिन अलेन भेट गर्नुभएको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उच्च आयुक्त नेपाल प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई ज्ञापन गर्दै कार्याकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । भेटमा केभिन अलेन भुटानी शरणार्थी समस्या समाधानबारे संयुक्त राष्ट्र संघले पहल गरिरहेको प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । केभिन अलेनले बाँकी रहेका भुटानी शरणार्थीको समस्या पनि छिटै समाधान हुने प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
जवाफमा प्रधानमन्त्रीले भुटानी शरणार्थी समस्या समाधानमा संयुक्त राष्ट्र संघले देखाएको चासोप्रति धन्यवाद दिँदै बाँकी शरणार्थीको समस्या समाधानमा सहजीकरण गरी दिन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीले नेपालले संविधानको कार्यान्वयन गर्दै शान्ति, स्थीरता र समृद्धिको दिशामा अगाडि बढ्ने अलेनलाई जानकारी गराउनुभएको थियो ।