प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका उप महासचिवबीच भेट

प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका उप महासचिवबीच भेट

चैत ४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र संघका उपमहासचिव सम्साद अख्तरले शिष्टाचार भेट गर्नुभएको छ । संयुक्त राष्ट्र संघको इकोनोमिक एण्ड सोसल कमिसन फर एसिया एण्ड प्यासिफिकका कार्यकारी प्रमुखसमेत रहनुभएकी सम्साद अख्तरले आफ्नो ५ बर्षे कार्यकाल पूरा गर्नुभएको अवसरमा प्रधानमन्त्रीसँग बिदाई भेट गर्नुभएको हो ।
शुक्रबार बिहान शिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले उहाँको कार्यकालमा नेपालको विभिन्न क्षेत्रमा संयुक्त राष्ट्र संघवाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्नु भयो । साथै नेपालको शान्ति प्रक्रियालाई मौलिकढंगले टुंगो लगाउन संयुक्त राष्ट्र संघले पु¥याएको योगदानप्रति आभार प्रकट गर्नु भयो । प्रधानमन्त्रीले शान्ति प्रक्रियाका केही बाँकी कार्यभार पूरा गर्न सरकार लागि परेको जानकारी दिनु भयो ।
उक्त अवसरमा अख्तरले प्रधानमन्त्रीलाई आगामी अप्रिल २१ र २२ गते बैंककमा हुने संयुक्त राष्ट्र संघको सेस्टेनेभल डेभलपमेन्ट सम्बन्धी क्षेत्रीय सम्मेलनमा सहभागिताका लागि निम्तोपत्र हस्तान्तरण गर्नुभयो । उहाँले नेपालको विकास, शान्ति र आर्थिक सम्वृद्धिका लागि संयुक्त राष्ट्र संघको सहयोग जारी रहने जानकारी दिनु भयो । साथै विश्वमा शान्ति स्थापनाका लासिग नेपालको योगदानको उच्च प्रसंसा गर्नु भयो ।