प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार तथा सहयोगका लागि आवेदन वा सिफारिस पेस गर्ने सम्बन्धी सूचना

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार तथा सहयोगका लागि आवेदन वा सिफारिस पेस गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति:२०७८/०३/१७

मुलुकमा शान्ति सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अन्वेषण, अनुसन्धान वा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर‍्याउने युवा, बालबालिका तथा अन्य व्यक्तिलाई यही २०७८ साल असोज १ गते सम्माननीय प्रधानमन्त्रीज्यूबाट पाँच/पाँच लाख रुपियाँ राशिको प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार तथा सहयोग प्रदान गर्ने प्रयोजनका लागि नामावली सङ्कलनको प्रक्रिया सुरु गरिएको छ । अतः प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण मापदण्ड, २०७८ बमोजिम यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र देहाय अनुसार आवेदन आह्वान गरिएको छ:-

क) मापदण्डको अनुसूची-३ बमोजिम निम्न लिङ्कमा गई अनलाइन व्यक्तिगत आवेदन गर्ने सकिने

व्यक्तिगत आवेदनको लिड्कमा जान यहाँ क्लिक गर्नुहोस्

ख) मापदण्डको अनुसूची-४ बमोजिम नेपाल सरकार मातहतका निकाय, प्रदेश वा स्थानीय तह, विश्वविद्यालय, शिक्षण संस्था वा सार्वजनिक संस्थाले निम्न लिङ्कमा गई संस्थागत सिफारिस गर्न सक्‍ने

संस्थागत सिफारिसका लागि यहाँ क्लिक गर्नुहोस्

ग) अनलाइन आवेदन गर्न कठिनाइ भएमा आवेदन फाराम ‚स्क्यान गरी pmtalentaward@opmcm.gov.np इमेल ठेगानामा पठाउन सकिने ।

व्यकतिगत आवेदन फारम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

संस्थागत सिफारिस फारम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

साथै प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष  स्थापना  र सञ्चालन सम्बन्धी कार्यविधि, २०७८  र  प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण मापदण्ड, २०७८ निम्न लिङ्कबाट डाउनलोड गर्न सकिने छ।  कार्यविधि डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्मापदण्ड डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

 

आवेदन पेस गर्ने र सम्पर्क ठेगान

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद शाखा

सिंहदरबार, काठमाडौं

थप जानकारी तथा सम्पर्कका लागि फोन :– ०१५९७११२८

उपसचिव, भवनाथ खतिवडा र शाखा अधिकृत अश्विन कुमार पोखरेल

प्राविधिक सहयोगका लागि क. इन्जिनियर श्री केदार मणि भण्डारी मोवाइल नं. (९८४१००३५३१)

 

गोरखापत्रमा प्रकाशित सूचना डाउनलोड गरी हेर्न यहाँ क्लिक गर्नुहोस्।