प्रधानमन्त्री प्रचण्डको निर्देशनमा १८ नेपालीको उद्दार

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा १८ नेपालीको उद्दार

बैशाख ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ जना नेपालीहरुको उद्दार गरिएको छ ।
विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता दिएर उद्दार र राहतको काम गरिरहेको सरकारले शुक्रबार १८ जना नेपालीहरुको उद्दार गरेको हो । विभिन्न मितिमा मलेसियामा पुगेका उनीहरुलाई व्यक्ति हत्या लगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएको थियो । त्यसको जानकारी पाएलगत्तै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका सम्वद्ध अधिकारीहरुलाई बोलाएर उनीहरुको स्थिति बुझ्न र छिटै उद्दार गर्न विशेष निर्देशन दिनुभएको थियो ।
प्रधानमन्त्रीको निर्देशनपछि परराष्ट्र मन्त्रालयले उद्दारका लागि पहल गरेको थियो । सरकारको कुटनीतिक पहल र परराष्ट्र मन्त्रालयको समन्वयपछि बैशाख ८ गते उनीहरुको उद्दार गरी नेपाल ल्याइएको हो । १८ नेपालीको उद्दारका लागि नेपाल सरकार आफैंले हवाई टिकटको व्यवस्था गरेको थियो ।
उद्दार गरी नेपाल ल्याइएका नेपालीहरुमा बाँकेका शानबहादुर बुढा मगर, खोटाङका ईश्वर बि.क., रामेछापका लाक्पा छिरी शेर्पा, मकवानपुरका सुब्बासिंह मोक्तान, बाराका सिंहबहादुर मोक्तान, ताप्लेजुंगका राजेशकुमार वानेम, दाङका सुमन कुमाल, पाँचथरका फडिन्द्र बहादुर कटुवाल, सल्यानका पुष्कर बुढाथोकी, मकवानपुरका ज्ञान बहादुर मोक्तान, रुपन्देहीका अमरजित कब्रिन, पाल्पाका प्रकाश थापा, ओखलढुंगाका सुवास राई, रोल्पाका नर बहादुर घर्ति, मकवानपुरका कुमार भुलुन, रामेछापका कुमार लामा, काठमाडौंका ईश्वरी लामा तामाङ र बाँकेका सञ्जय कुमार नाउ रहेका छन् ।