प्रधानमन्त्रीसँग अधिकारकर्मी टोलीको भेट

प्रधानमन्त्रीसँग अधिकारकर्मी टोलीको भेट

असोज ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मानव अधिकारकर्मीहरुको टोलीले भेट गरेको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शान्ति प्रक्रियाका सहजकर्ता एवं बरिष्ठ मानव अधिकारकर्मीहरु दमननाथ ढुङ्गाना, पद्मरत्न तुलाधर र बिरेन्द्र मिश्रसहितको टोलीले भेट गरेको हो । भेटमा प्रधानमन्त्री र अधिकारकर्मीबीच शान्ति प्रक्रिया, संक्रमणकालीन न्याय प्रणाली र सामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
भेटमा प्रधानमन्त्रीले द्धन्द्धको व्यवस्थापन र सहजीकरणमा मानव अधिकारकर्मीले खेलेको भूमिकाप्रति आभार प्रकट गर्दै शान्ति प्रक्रियाका बाँकी काम र राजनीतिक सहकार्यको वातावरणका लागि क्रियाशील हुन अनुरोध गर्नुभएको थियो ।