प्रधानमन्त्रीद्वारा स्विस सरकारलाई धन्यवाद

प्रधानमन्त्रीद्वारा स्विस सरकारलाई धन्यवाद

चैत २, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्तिप्रकृयामा सहयोग गरेकोमा स्विजरल्याण्ड सरकारलाई धन्यवाद दिनुभएको छ । आज नेपालका लागि स्विजरल्याण्डका राजदुत जर्ज जिओभान्नी फ्राईडेनसँग सिंहदरबारमा भएको भेटमा उहाँले नेपालको राजनीतिक रुपान्तरणका लागि गरेको सहयोगप्रति धन्यवाद दिनुभएको हो ।
भेटमा स्विस राजदुतले नेपालको राजनीतिक स्थिरता, स्थानीय तह र प्रदेश तहको निर्वाचनको विषयमा चाँसो राख्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले स्थानीय तह कार्यान्वयनय सुरु भइसकेकाले अव तोकिएकै समयमा स्थानीय निर्वाचन गर्ने गरी सरकार लागिरहेको बताउनु भयो । उहाँले मधेशी दलहरुसंग निरन्तर छलफल भइरहेकाले राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने बताउनुभएको थियो ।
भेटमा राजदुत फ्राईडेनले नेपाल सरकारले विभिन्न समयमा स्विजरल्याण्डसँग गरेको सहयोग र समन्वयका लागि खुसी व्यक्त गर्नुभएको थियो ।