प्रधानमन्त्रीद्वारा देशका ७४४ स्थानीय तहको कार्यालय सञ्चालन तथा कार्यप्रारम्भ

प्रधानमन्त्रीद्वारा देशका ७४४ स्थानीय तहको कार्यालय सञ्चालन तथा कार्यप्रारम्भ

चैत्र १, ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका ७४४ वटै स्थानीय तहको कार्यालय सञ्चालन तथा कार्य प्रारम्भको समुद्घाटन गर्नुभएको छ । मंगलबार बिहान ललितपुर महानगरपालिकामा आयोजित बिशेष समारोहमार्फत् प्रधानमन्त्रीले देशका सबै स्थानीय तहका कार्यालय सञ्चालन तथा कार्यप्रारम्भको समुद्घाटन गर्नुभएको हो ।
उक्त अवसरमा प्रधानमन्त्रीले नेपालमा स्थानीय शासनको इतिहासमा नयाँ अध्याय सुरु भएको बताउँदै यो सामान्य सुधार नभएर महत्वपूर्ण क्रान्तिकारी परिवर्तनको प्रतिक भएको बताउनु भयो । उहाँले सिंहदरवारमा निहित कार्यपालिका, व्यवस्थापिका र न्यायपालिको अधिकार र स्रोत साधनलाई पहिलो चोटी गाँउ गाँउसम्म पु¥याउने गरी स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याइएको पनि बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो ‘हालसम्म जिल्ला, अञ्चल, क्षेत्रीय सदरमुकाम र खासगरी काठमाडौंबाट हुदै आएका थुपै्र काम, कार्वाही र सेवाको वितरण सम्बन्धित गाँउपालिका वा नगरपालिकाबाटै हुनेछ ।’
प्रधानमन्त्रीले स्थानीय तहको पुर्नसंरचना र कार्यप्रारम्भसँगै गणतन्त्रको उज्यालो घामको अनुभूति जनताले गर्न पाएको भन्दै यो परिवर्तन ल्याउन योगदान पु¥याउने सबैमा हार्दिक आभार प्रकट गर्नु भयो । उहाँले कर्मचारीहरुलाई स्थानीय तहमा जिम्मेबारी लिएर जनताको सेवामा समर्पित हुन निर्देशन दिनु भयो ।
संबिधान कार्यान्वयनका लागि यो एउटा ऐतिहासिक फड्को हो भन्दै प्रधानमन्त्रीले भन्नुभयो ‘सरकार र विकास अब मतपेटिकाका रुपमा जनताको घरदैलोमा छ । अहिले सरकारको अर्जुन दृष्टि स्थानीय तहको निर्वाचनमा केन्द्रित छ । निर्वाचन सफल हुँदा देशले जित्छ, जनताले जित्छन्, । स्थानीय तहको निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव हो । २० बर्षपछि गुणात्मक उपलब्धीसहित हुन लागेको यो महोत्सवमा विना संशय, विना धक, विना डर, मन वचन र कर्मले उत्साहका साथ सहभागी हुन म सिंगो देशलाई हार्दिक आमन्त्रण गर्दछु ।’
प्रधानमन्त्रीले सरकारको अहिले ध्यान र जोड राजनीतिक समझदारीका आधारमा संबिधान संशोधन गर्न रहेको भन्दै मधेश, पहाड, हिमाल जोड्ने र संविधानको स्विकार्यता बढाउने अडानवाट आफू एक इन्च पनि पछि नहटेको स्पष्ट गर्नु भयो ।