प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालय चिवतनको भवन उद्घाटन

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालय चिवतनको भवन उद्घाटन

असोज १२, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपूरमा निर्मित जिल्ला प्रशासन कार्यालय चिवतनको नननिर्मित भवनको उद्घाटन गर्नुभएको छ ।
बुधबार बिहान प्रधानमन्त्रीले भरतपूरमा रहेको जिल्ला प्रशासन कार्यालयको भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘मैले भर्खरै जिल्ला प्रशासन कार्यालयको आधुनिक भवन उद्घाटन गरें । यतिबेला मैले आफ्नो बाल्यकाल सम्झिरहेको छु । १६ वर्षको उमेरमा नागरिकता बनाउन आउँदा निकै झमेला झेलेको थिएँ । अब जनताले सहज सेवा पाउँछन् भन्ने विश्वास लिएको छ ।’
राष्ट्रिय राजनीतिबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकार संविधान कार्यान्वयन गर्न प्रतिवद्ध छ । सबैका भावना समेटेर संविधान कार्यान्वयन सहज बनाउने मेरो जोड छ । उच्च अदालत गठनबारे भएको सहमतिले संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा पनि सहमतिको वातावरण बनेको छ । अब सरकार जनताको आकांक्षा अनुसार संविधान कार्यान्वयन, पूनर्निर्माण र सुशासनमा अगाडि बढ्नेछ ।’
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता अमिक शेरचन, प्रधानमन्त्रीका प्रमूख स्वकीय सचिव जोखबहादुर महरा प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि पौडेल, पूर्वसांसद एवं माओवादी नेता नारायण दाहाल लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।