पूर्व राज्य मन्त्री खेवाका परिवारसँग प्रधानमन्त्रीको भेट

पूर्व राज्य मन्त्री खेवाका परिवारसँग प्रधानमन्त्रीको भेट

श्रावण ३२, काठमाडौं । केही दिनअघि सवारी दुर्घटनामा परी निधन हुनुभएका पूर्व अर्थ राज्यमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता हरिराज सेवा लिम्बुका परिवारसँग प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले भेट गर्नुभएको छ ।
भेटमा प्रधानमन्त्रीले पूर्व क्षेत्रले मात्रै नभएर देशले एक होनाहार, इमान्दार र प्रतिभाशाली नेता गुमाएको भन्दै दुख व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले शोकमा परिवारले देखाएको धैर्यता र संयमताप्रति आभार प्रकट गर्दै छोराछोरीको शिक्षादीक्षामा पार्टीले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।