नेपाल सम्वत् हाम्रो मौलिक पहिचान हो, ‘प्रधानमन्त्री’

नेपाल सम्वत् हाम्रो मौलिक पहिचान हो, ‘प्रधानमन्त्री’

कार्तिक ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सम्वत् नेपालको गर्व र मौलिक पहिचान भएको बताउनु भएको छ ।
नेपाल सम्वत् ११३७ राष्ट्रिय समारोह आयोजक समितिका प्रतिनिधिहरुसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपाल सम्वत् हाम्रो मौलिक पहिचान हो, हाम्रो गर्व हो, यसलाई नेपालको मौलिक पहिचान सहित स्थापित गर्न सरकार गम्भीर छ ।’
भेटमा नेपाल सम्वत् राष्ट्रिय समारोह समितिका प्रतिनिधिहरुले कार्तिक १५ गते उपत्यकामा आयोजना हुने नेपाल सम्वत् ११३७ को कार्यक्रममा प्रमूख अतिथिको रुपमा आतिथ्यता गरी दिन प्रधानमन्त्रीसँग अनुरोध गरेका थिए । नेपाल सम्वत् ११३७ को अवसरमा काठमाडौं, ललितपुर र भक्तपुरमा अलग अलग कार्यक्रमको आयोजना गरिने न्हु दँ समारोहका समितिका अगुवा मोतिलाल शिल्पकारले जानकारी दिनुभयो ।