नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०७३ मा सम्माननीय प्रधानमन्त्रीज्यूको समुद्घाटन मन्तव्य

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०७३ मा सम्माननीय प्रधानमन्त्रीज्यूको समुद्घाटन मन्तव्य

कार्यक्रमका अध्यक्ष महोदय,
स्वेदश तथा विदेशबाट पाल्नु भएका उद्योगी व्यवसायी मित्रहरु,
उपस्थित दिदीबहिनी तथा दाजूभाइहरु,
सञ्चारकर्मी मित्रहरु ।
नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०७३ को समुद्घाटन समारोहमा उपस्थित भई मेलाको समुद्घाटनसहित मेलामा सहभागी भई शुभकामनाका दुई शव्द राख्न पाउँदा निकै खुशी लागेको छ ।
म नेपाली निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारको समेत सहयोगमा आयोजना गरिएको यस अन्तर्राष्ट्रिय व्यापार मेलाको नेपाल सरकार र मेरो व्यक्तिगत तर्फबाट आफ्नो उद्देश्यमा सफल होस् भन्ने शुभकामना साथ व्यापार मेलाको पूर्ण सफलताको कामना गर्दछु ।
यस मेलामा नेपाल लगायत हाम्रा छिमेकी देशहरु भारत तथा चीन र सार्क क्षेत्रबाट वंगलादेश, पाकिस्तान, भुटान, थाइल्याण्ड समेतको प्रत्यक्ष सहभागिता रहेकाले यसबाट नेपाल र ती देशहरु बीचको आर्थिक सम्बन्ध थप प्रगाढ हुने विश्वास लिएको छु । यस्ता मेलाले आयोजक र सहभागी राष्ट्रहरु बीचको आर्थिक व्यावसायिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै व्यापारिक साझेदारीका सम्भाव्यता खोजी गर्न समेत मद्दत पु¥याउने मेरो विश्वास छ ।
अन्तराष्ट्रिय व्यापार मेलाले नेपालका तुलनात्मक लाभका वस्तुहरुको विश्व बजारमा प्रवद्र्धन गर्न सघाउ पु¥याउने छ । साथै नेपालमा रहेको श्रोत साधनको प्राचुर्यता र लगानी सम्भाव्यताका विषयमा बाह्य जगतमा सन्देश पु¥याउन समेत मेला सहयोगी हुने छ । मेलाले नयाँ बस्तु उत्पादन विस्तार, रोजगारी सृजना, मुलुकको निर्यात वृद्धि र नेपाली उत्पादनको अन्तराष्ट्रिय बजार प्रवद्र्वनमा समेत मद्दत पुग्ने आशा लिएको छु ।
मेलामा भाग लिन आउनु भएका स्वदेशी एवं विदेशी उद्यमी व्यवसायीहरु बीच मेलाका अवसरमा हुने औपचारिक, अनौपचारिक भेटघाट, अन्तरक्रिया, छलफल, परामर्शहरु नेपाली उद्यमी व्यवसायीहरुका लागि आफ्ना व्यावसायिक सम्बन्ध विस्तारमा महत्वपूर्ण हुने मैले विश्वास लिएको छु । यसबाट भरपूर लाभ उठाउन यहाँहरुलाई सफलता मिलोस मेरो शुभकामना छ ।
यस मेलामा भाग लिन आएका विदेशी कम्पनीहरुले अवलम्वन गरेका प्रविधि, प्राविधिक पलयध जयध, बाह्य लगानी आकर्षणमा उनीहरुले पाएका सफलतालाई हाम्रा सन्दर्भमा पनि आकर्षण गर्न उनीहरुबाट यहाँहरुले लाभ उठाउनु हुने छ भन्ने मैले विश्वास लिएको छु ।
योजनाबद्व विकासको सुरुवात भएको लामो समयसम्म पनि हामीले मुलुकको आर्थिक विकासलाई तीव्ररुपमा अगाडी बढाउन नसकेको तीतो अनुभव हामीसँग छ भने इमान्दारीपूर्वक प्रयास गरियो भने छोटो समयमा पनि सकारात्मक नतिजा हासिल हुनसक्ने र त्यसबाट मुलुकको उद्योग व्यापार सहित समग्र क्षेत्रलाई चलायमान बनाउन  सकिने  रहेछ भन्ने वर्तमान सरकारबाट छोटो समयमा उर्जा क्षेत्रमा लिइएको अग्रसरताको अनुभव पनि हामीसँग छ ।
हाल मुलुक राजनीतिक क्षेत्रमा आमूल परिवर्तन पश्चात् संविधान कार्यान्वयन र आर्थिक सम्वृद्धिको दिशामा अगाडी बढिरहेको छ । संविधान कार्यान्वयनको महत्वपूर्ण पक्ष सिंहदरवारमा निहित अधिकार र स्रोत साधनलाई गाँउ गाँउसम्म पु¥याउने गरी नयाँ संरचना अनुरुप स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याइएको छ । यसबाट समेत स्थानीय स्तरमा आर्थिक क्रियाकलापमा बढोत्तरी हुने सरकारको अपेक्षा छ । स्थानीय सरकारलाई सशक्त बनाउन सरकारले स्थानीय निर्वाचनको घोषणा गरिसकेको छ । यसलाई सफल रुपमा सम्पन्न गर्ने कार्यमा निजी क्षेत्रबाट समेत सरकारले ठूलो सहयोगको अपेक्षा गरेको छ ।
सरकार आर्थिक विकासका लागि उत्तिकै सचेत छ । आर्थिक विकासका लागि आवश्यक ऐन कानूनहरुलाई सरकारले पारित गर्ने काम निरन्तर रुपमा अगाडी बढाएको छ । महासंघ लगायत निजी क्षेत्रको सल्लाह सुझाव समेतलाई मनन गरी देशमा लगानी मैत्री वातावरण तयार गर्ने उदेश्यले नै सरकारले ती ऐन कानूनहरु ल्याएको हो । निजी लगानी प्रवद्र्वन गरी मुलुकको आर्थिक सम्वृद्धि ल्याउन थप कानून ल्याउने गृहकार्य भइरहेको व्यहोरा समेत यहाँहरु समक्ष जानकारी गराउदछु । सरकार तपाईहरुसँग मुलुकभित्र आर्थिक विकास र समृद्धिका लागि कार्य गर्न अपिल गर्दछ । तपाईहरु आर्थिक विकासमा निरन्तर अगाडी बढ्नुहोस, सरकारले आर्थिक सम्वृद्विको मूल्यमा कहाँ कस्तो प्रकारको सहयोग गर्नुपर्छ मेरो पुरै सहयोग तपाईहरुलाई हुने छ ।  राजनीतिक  स्थायित्व होला अनि आर्थिक विकासलाई अगाडी बढाउला भनेर हामी कुरेर बस्ने अवस्था अव छैन । अतः प्रतिकूलताभित्र अनूकूलता पत्ता लगाउँदै अगाडी बढ्नुको विकल्प छैन । किनभने हामी धेरै पछाडी परिसकेका छौं, अव यो भन्दा पनि पछाडी पर्ने अवस्था आउन नदिनेतर्फ हामी सकैमो सचेत प्रयत्न आवश्यक छ ।
महासंघले नेपाल अन्तराष्ट्रिय व्यापार मेला निरन्तर रुपमा आयोजना गर्दै आएको छ । यसले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन समेत निकै ठूलो मद्दत पुरयाएको मैले महशुस गरेको छु । महासंघको यस प्रयासको सह्राना गर्दछु । यसका लागि यसको नेतृत्वलाई विशेष धन्यवाद समेत दिन चाहन्छु । महासंघले यस वर्ष आफ्नो स्थापनाको स्वर्ण वर्ष पनि विविध कार्यक्रमका साथ मनाई रहेको जानकारी मैले पाएको छु । यस अवसरमा महासंघाई निजी क्षेत्रको सारथीको रुपमा काम गर्ने सफलता मिलोस, सरकार तथा प्रधानमन्त्रीका हैसियतले मुलुकको आर्थिक व्यावसायिक विकासमा महासंघलाई एकसाथ लैजान प्रतिवद्धता समेत जाहेर गर्दछु ।
महासंघले अन्तराष्ट्रिय व्यापार मेला मार्फत नेपाललाई वाह्य मुलुकमा व्राण्डिङ गर्ने चाहना अनुरुप गरेको यस कार्यको सह्राना गर्दछु । महासंघको यस अभियानमा सम्बद्ध सबैको सहयोग प्राप्त हुने विश्वास लिएको छु ।
मेलामा सहभागी हुन आउनु भएका स्वदेशी एवं विदेशी पाहुनाहरुको नेपाल वसाई सुखमय होस, आपसी व्यावसायिक सम्बन्ध विस्तारमा सफलता मिलोस भन्ने शुभकामना छ
अन्त्यमा, आयोजक नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ सहित अन्य संघ संस्थाको यस प्रयासको सह्राना गर्दै मेलाको पूर्ण सफलताका लागि पुनः एकपटक हार्दिक शुभकामना प्रकट गर्दछु ।
धन्यवाद ।