निर्देशक समितिको बैठक बिहीबार फेरि बस्ने गरी स्थगित

निर्देशक समितिको बैठक बिहीबार फेरि बस्ने गरी स्थगित

कार्तिक १०, काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बिहीबार फेरि बस्ने गरी स्थगित भएको छ ।
बुधबार दिउँसो सिंहदरबारमा बसेको बैठकमा प्राधिकरणले हालसम्म गरेका कामहरुको जानकारी गराउनुका साथै राहत र पूनर्निर्माणका विविध विषयमा छलफल भएको थियो । बैठकमा भूकम्पबाट अति प्रभावित जिल्लामा राहतको काम करिब अन्तिम चरणमा पुगेको र बाँकी प्रभावित जिल्लामा अनुदान बितरण गर्ने विषयमा छलफल भएको थियो ।
राष्ट्रिय पूनर्निर्माण प्राधिकरणको स्थगित भएको बैठक बिहीबार दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ ।