नवनियुक्त राज्यमन्त्रीहरुद्वारा प्रधानमन्त्री समक्ष सपथ

नवनियुक्त राज्यमन्त्रीहरुद्वारा प्रधानमन्त्री समक्ष सपथ

मंसिर १५, काठमाडौं । नवनियुक्त राज्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
बुधबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाली कांग्रेसको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्नुहुने राज्यमन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिनुभएको हो । सपथ ग्रहणपछि नवनियुक्त राज्यमन्त्रीहरुलाई प्रधानमन्त्रीले प्रतिफल आउन र जनताको हितमा समर्पित रहने गरी काम गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, तपाईहरु राष्ट्रको महत्वपूर्ण जिम्मेवारी बहन गर्दै हुनुहुन्छ । अब आफ्नो ध्यान सम्पूर्ण रुपमा राष्ट्र र जनताको हितमा प्रतिफल आउनेतिर केन्द्रित गर्नुहोला ।
सत्ता गठबन्धन दल नेपाली कांग्रेसको सिफारिसमा बुधबार प्रधानमन्त्रीले दश जना राज्यमन्त्रीहरुलाई नियुक्त गर्नुभएको हो ।

नवनियुक्त राज्यमन्त्रीहरुको नामावली र मन्त्रालयको जिम्मेवारीः
१. श्री दीर्घ रानाभाट, राज्यमन्त्री, बन तथा भूसंरक्षण मन्त्रालय
२. श्री सीताराम महतो, राज्यमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
३. श्री तारामान गुरुङ, राज्यमन्त्री, स्वास्थ्य मन्त्रालय
४. श्री सुरेन्द्रराज आचार्य, राज्यमन्त्री, सिंचाई मन्त्रालय
५. श्री सुवर्ण ज्वारचन, राज्यमन्त्री, वाणिज्य मन्त्रालय
६. श्री इन्द्रबहादुर बानिया, राज्यमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
७. श्री दीलिप खवास गच्छदार, राज्यमन्त्री, श्रम तथा रोजगार मन्त्रालय
८. श्री दीपक खड्का, राज्यमन्त्री, खानेपानी तथा सरसफाई मन्त्रालय
९. श्री कञ्चनचन्द्र बाँदे, राज्यमन्त्री, उद्योग मन्त्रालय
१०. श्री मीठु मल्ल, राज्यमन्त्री, सहरी विकास मन्त्रालय