नवनियुक्त चीनियाँ राजदूतको प्रधानमन्त्रीसँग शिष्टाचार भेट

नवनियुक्त चीनियाँ राजदूतको प्रधानमन्त्रीसँग शिष्टाचार भेट

कार्तिक ३०, काठमाडौं । नेपालका लागि नवनियुक्त चीनियाँ राजदूत यु होङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको छ ।
मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नेपाल र चीनबीच विगतदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको भन्दै होङको कार्यकाल पूर्ण रुपमा सफल हुने विश्वास व्यक्त गर्नुभयो । भेटमा प्रधानमन्त्रीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपालको पूनर्निर्माण र विकासमा प्राप्त चीनियाँ सहयोगका लागि धन्यवाद दिनुभयो ।
शिष्टाचार भेटका क्रममा राजदूत होङले आफ्नो कार्यकाल नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ गर्नमा केन्द्रित रहने बताउनु भयो । भेटका अवसरमा प्रधानमन्त्री र राजदूत होङबीच चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा पनि कुराकानी भएको थियो ।