दशौं विश्व उर्जा सम्मेलनलाई प्रधानमन्त्रीद्वारा सम्बोधन

दशौं विश्व उर्जा सम्मेलनलाई प्रधानमन्त्रीद्वारा सम्बोधन

माघ ३, आवुदावी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवुदावीमा आयोजित दशौं विश्व भविष्य उर्जा सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ख्यातिप्राप्त राजनीतिज्ञ, व्यापारी र प्राज्ञहरुसमक्ष आफ्ना विचारहरु राख्ने अवसर पाएकोमा आयोजकहरुमा आभार व्यक्त गर्नुभएको छ ।
सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिगो उर्जा र सफा प्रविधि प्राप्त गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, ‘दिगो उर्जा र सफा प्रविधि प्राप्त गर्नका लागि साझा उद्देश्य लिएर छलफल गर्न यस बृहत् फोरमले उत्तम सम्भावना प्रदान गरेको छ । यु.ए.इ.ले उर्जा क्षेत्रलाई आमूल परिवर्तन गर्न खेलिरहेको मुख्य भूमिकालाई यस सम्मेलनले आत्मसात गरेको छ । उर्जाको आवश्यकताको दिगो रुपले समाधान नगर्ने हो भने हाम्रा विकासका आयामहरू असफल हुनेछन्, उर्जा विकास र मानताका लागि जीवन प्रदायक वस्तु भएकोमा यो सम्मेलनले आत्मसात गरेको छ ।’