जेष्ठ नागरिक दिवसमा प्रधानमन्त्रीको शुभकामना सन्देश

जेष्ठ नागरिक दिवसमा प्रधानमन्त्रीको शुभकामना सन्देश

असोज १५, काठमाडौं । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना सन्देश जारी गर्दै जेष्ठ नागरिकको सम्मानद्वारा राष्ट्रमा असल परम्परा स्थापित गर्नुपर्ने बताउनु भएको छ ।
प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘जेष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि राज्यले हाल प्रदान गरेको सुविधा तथा सहुलियत पर्याप्त नभएपनि एउटा असल परम्पराको थालनी भएको छ । आगामी दिनमा यसलाई सम्मानजनक जीवन जिउन सक्ने गरी क्रमशः बिस्तार गर्दै जाने कुरामा सरकारले विशेष ध्यान दिने कुरा विश्वास दिलाउन चाहन्छु ।’
सन्देशमा प्रधानमन्त्रीले ‘जेष्ठ नागरिकहरुले आर्जन गरेका ज्ञान, सीप र अनुभवलाई राज्यले राष्ट्रिय विकासमा परिचालन गर्नुपर्ने नीति आवश्यक रहेको‘ उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशको पूर्णपाठ यस प्रकार छः

international senior citizen day copy