छुट भएका भुकम्प पीडितको नाम संकलन गरिने

छुट भएका भुकम्प पीडितको नाम संकलन गरिने

भदौ १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट भएका भुकम्प पीडितको नाम संकलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन दिइसकेको बताउनुभएको छ ।
आज विहान सिन्धुपाल्चोकका सांसदहरुको सर्वपक्षीय प्रतिनिधि मण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भुकम्प पीडितको सूचिमा छुट भएका बास्तविक पीडितको नाम थप्ने गरी प्रक्रिया अघि बढेको जानकारी गराउनु भयो । प्रधानमन्त्रीले आफू जुरेको पहिरोदेखि नै पीडितहरुलाई राहत र अनुदानका लागि सिन्धुपाल्चोकमा पटक पटक गएको र सिन्धुपाल्चोक लगायत भुकम्प प्रभावित क्षेत्रका जनताका समस्या समाधानप्रति निकै गम्भीर रुपमा लागिरहेको वताउँदै भुकम्प पीडितलाई तत्काल १ लाख रुपैया थपेर ३ लाख रुपैया अनुदान दिने र २ लाख सहुलियत ऋण गरी ५ लाख उपलब्ध गराउन प्रक्रिया अघि बढेको जानकारी गराउनु भयो ।
प्रधानमन्त्रीले अरनीको राजमार्ग मर्मत् र तातोपानी नाका खोल्न आफूले पहल गरिरहेको वताउनु भयो ।
सिन्धुपाल्चोकका सभासदहरु पूर्व मन्त्री अमृत बोहरा, पूर्व मन्त्री अग्निप्रसाद सापकोटा, मोहनवहादुर बस्नेत, शेरवहादुर तामाङ र रमेश लामा संलग्न प्रतिनिधि मण्डलले छुट भएका भुकम्प पीडितको नाम समावेश, भुकम्प र बाढी पहिरो पीडितलाई राहत, अरनीको राजमार्ग र तातोपानी नाका सुचारु गर्नुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको थियो ।