चीनको आर्थिक विकासबाट नेपालले पनि सम्वृद्धिको ढोका खोल्न सक्छ : प्रधानमन्त्री

चीनको आर्थिक विकासबाट नेपालले पनि सम्वृद्धिको ढोका खोल्न सक्छ : प्रधानमन्त्री

चैत्र १२, बेइजिङ्, चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको आर्थिक विकासबाट नेपालले पनि समृद्धिको ढोका खोल्नसक्ने बताउनुभएको छ ।
चीन भ्रमणको अवसरमा शनिवार साँझ बेइजिङ्स्थित नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले नेपालले चीनको तीव्र आर्थिक विकासबाट फाइदा लिन सक्नुपर्ने बताउँदै वान वेल्ट वान रोड परियोजनामा नेपालको साझेदारीको प्रतिवद्धता व्यक्त गर्नु भयो ।
प्रधानमन्त्रीले नेपालको एक चीन नीतिमा कुनै शंका नगर्न आग्रह पनि गर्नु भयो । उहाँले आफ्नो चीन भ्रमण दुई देशबीच सद्भावना बृद्धि गर्न महत्वपूर्ण रहने बताउँदै भ्रमण सफलताको शुभकामना दिने सबैमा आभार व्यक्त गर्नु भयो ।
यसअघि शनिवार साझ बेइजिङको अन्तराष्टिय विमानस्थलमा प्रधानमन्त्रीलाई चिनियाँ परराष्ट्र मन्त्रालय र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका अधिकारीहरुले स्वागत गर्नुभएको थियो ।
आइतबार प्रधानमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका नेताहरु एवम् उपप्रधानमन्त्री mr wang yang सँग भेटवार्ता गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ ।
सोमवार चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटने कार्यक्रम छ ।
सोमवार प्रधानमन्त्री चेन्दु र मंगलवार ल्हासाका विभिन्न कार्यक्रममा सहभागी भई चैत्र १६ गते प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, चीनका लागि राजदूत लिलामणि पौडेल, परराष्ट्रसचिव शङ्करदास बैरागीलगायतका अधिकारीहरु संलग्न हुनुहन्छ ।