गाउँको सरकार गाउँकै जनताबाट स्थापना गर्नका लागि स्थानीय तहको निर्वाचन: प्रधानमन्त्री देउवा

गाउँको सरकार गाउँकै जनताबाट स्थापना गर्नका लागि स्थानीय तहको निर्वाचन: प्रधानमन्त्री देउवा

१४ असार । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले आज स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गर्न भयो। कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान ८ बजेर ७ मिनेटमा मतदान गर्नु भएको छ । मतदानपछि  सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले गाउँको सरकार गाउँकै जनताबाट स्थापना गर्नका लागि स्थानीय तहको निर्वाचन भइरहेको बताउनुभयो  । स्थानीय सरकार निर्माण भइसकेपछि संविधानको पूर्ण कार्यान्वयन हुने र विकास निर्माणका कामहरु चुस्त, दुरुस्त र पारदर्शी रुपमा अगाडि बढ्ने कुरा समेत बताउनुभयो । आजै  विहान सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको तर्फ आज मतदान हुने प्रदेश नं १, ५ र ७ का आम मतदातालाई स्थानीय तहको निर्वाचनमा सहभागी भएर संविधान कार्यान्ययनमा सहयोग पुर्याउन हार्दिक अपिल गर्नु भएको थियो ।