गणतन्त्र दिवसका अवसरमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गर्नुभएको शुभकामना सन्देश

गणतन्त्र दिवसका अवसरमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गर्नुभएको शुभकामना सन्देश

गणतन्त्र दिवस, २०७४ को शुभ अवसरमा म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गर्दछु । यस अवसरमा गणतन्त्र स्थापनामा योगदान पु¥याउनु हुने महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत सबै न्यायपूर्ण आन्दोलनहरुमा साहदत प्राप्तु गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्वाञ्जली अर्पण गर्दछु । साथै गणतन्त्र स्थापनाका लागि शहीदहरूले पु¥याएको योगदानको उच्च सम्मान व्यक्त गर्दछु ।
जनताको संघर्ष र बीरतापूर्ण बलिदानबाट हामीले समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौं । सोही संविधानको कार्यान्वयनको एक खुट्किलोस्वरुप भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको छ भने यही जेष्ठ ३१ गते उल्लासमय रूपमा दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न हुँदैछ । स्थानीय तहको निर्वाचनपश्चात् नेपालको संविधानले परिकल्पना गरेको तीन तहको सरकारको अवधारणा संस्थागत हुने निश्चित भएकोले पहिलो चरणको निर्वाचनझैं दोस्रो चरणको निर्वाचनमा पनि सम्पूर्ण नेपालीहरूको सहयोग र सक्रिय सहभागिताको लागि हार्दिक आह्वान गर्दछु ।
संविधानको स्वीकार्यता अझ फराकिलो बनाएर यसको कार्यान्वयनलाई सुनिश्चित गर्नु, हिमाल, पहाड र तराइ–मधेशका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा मुलूकलाई सामाजिक–आर्थिक समृद्धिको दिशामा लैजानु आजको राष्ट्रिय आवश्यकता
हो । यसले मात्र नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा नेपालको संविधानले निर्दिष्ट गरेको लक्ष्य हासिल गर्न सकिन्छ । यही २०७४ साल माघ ७ गतेसम्म सम्पन्न हुने संघीय संसद् र प्रदेश सभाको निर्वाचनपछि संविधानको कार्यान्वयनले पूर्णता पाउने छ र संक्रमण कालको अन्त्य हुनेछ । उल्लेखित कार्यभार पुरा गर्न सरकार सबै पक्षहरूसँग सम्वाद, सहमति र सहकार्यका लागि क्रियाशील रहँदै आएको छ । यस कार्यमा सम्पूर्ण राजनीतिक दल तथा समस्त नेपालीहरुबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास लिएको छु ।
अन्त्यमा, नेपालको संविधान कार्यान्वयन, पुननिर्माण तथा नवनिर्माण र आर्थिक विकासका विविध पक्षमा महत्वपूर्ण सहयोग पु¥याउनका साथै सहिदका अधुरा सपनाहरु, जनताका असीमित आकांक्षाहरु पूरा गर्न सबैलाई आ–आफ्नो ठाउँमा इमान्दार र प्रतिवद्व रही सकारात्मक सोचका साथ अगाडि बढ्न आव्हान गर्दै गणतन्त्र दिवस, २०७४ को अवसरमा सम्पूर्ण जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।
१५ जेष्ठ, २०७४

पुष्प कमल दाहाल ‘प्रचण्ड’